बिहान शपथ, दिनभर घुस

काठमाडौं, पुस १० । आर्थिक वर्ष २०७४। ७५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५४ जना कर्मचारीलाई घुस लिँदालिदै रंगेहात समातेर मुद्दा चलायो । त्यसयता पनि अख्तियारबाट कर्मचारी पक्राउ पर्नेक्रम रोकिएन ।

 

घुस खाने कर्मचारीमा सहायकस्तरदेखि सहसचिवसम्मकै रहेको अख्तियारले जनाएको छ । राष्ट्रसेवक कर्मचारीमा घुस खाने प्रवृति ह्वात्तै बढेपछि त्यसलाई रोक्न सरकारले नयाँ सूत्र अघिसा¥यो ‘कार्यालयमा प्रवेश गर्दा घुस नखाने शपथ लिन।’

 

कार्यालयले १७ असोजमा २२ मन्त्रालय र देहभरका सरकारी कार्यालयलाई सर्कुलर गरेरै घुस नखाने शपथ लिन निर्देशन दियो । सरकारको निर्देशनअनुसार सबै कर्मचारी बिहान घुस नखाने शपथ लिँदै कार्यालय छिर्न थाले तर घुस खाने प्रवृतिमा भने कमि नआउने गरेको छ ।  राजधानी दैनिकबाट,