विभिन्न ठाउँबाट लागु औषधसहित १० जना पक्राउ

  बुटवल पाैष १०। लागूऔषधसहित १० जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुटवलका विभिन्न ठाउँबाट तीनजना महिला र ७ पुरुषलाई नियन्त्रणमा लिएको हो । रुपन्देहीको बुटवल उपमहानगरपालिका ९ बसपार्कस्थित सार्वजनिक शौचालयबाट शंका लागेर प्रहरीले चेकजाच गर्दा स्याङजा जिल्ला वालिङ नगरपालिका ८ बस्ने वर्ष २१ की सुनिता खड्का र खोटाङ जिल्ला दिक्तेल नगरपालिका ३ बस्ने वर्ष २४ की ममता राई साथबाट नुफिर्न १८, डाइजेपाम १८, फेनारागन १८ एम्पुल्स बरामद गरेको हो ।

 

यस्तै उनीहरुको बयानका आधारमा नवलपरासीको रामग्राम नगरपालिका २ बस्ने वर्ष २४का सुदीपकुमार केवटलाई पनि प्रहरीले पक्राउ गरेको छ । केवटले नै अरूलाई लागूऔषध बिक्री गरेको प्रहरीले जनाएको छ ।

 

उनको साथबाट थप ना१३प ३६३५ नम्बरको स्कुटरसहित नुर्फिन ३२, डाइजेपाम ३२, फेनार्गन ३२ र नगद तीनहजार बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरीले जानकारी दिएको छ ।