प्रहरीले भालुको पित्तसहित एक जना पक्राउ

काठमाडौँ, १० पुस । ठमेलबाट भालुको पित्तसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।विशेष सुराकीका आधारमा काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट जुम्ला सिंजा घर भएका जगतबहादुर शाहीलाई करीब ३०० ग्रामको दुई थान भालुको पित्तसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले बिक्री वितरण गर्ने उद्देश्यले लुकाइछिपाई झोलामा बोकी हिँडिरहेको अवस्थामा शाहीलाई फेला पारी पक्राउ गरेको हो । सोमबार पक्राउ परेका शाहीलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँ पठाएको छ । रासस