सिडिओ थप शक्तिशाली

काठमाडौं, पुस ११ । संघीय शासन प्रणालीमा पनि प्रमुख जिल्ला अधिकारी ९सिडिओ०लाई नै शक्तिशाली बनाउने गरी नयाँ कानुन बनाउने गरी गृहकार्य अन्तिम चरणमा पुगेको छ।

 

सातै प्रदेशमा प्रदेश सरकार र जिल्लामा जिल्ला समन्वय समिति रहे पनि यी निकायलाई सुरक्षासम्बन्धी कुनै अधिकारी नदिई सिडिओलाई नै शक्तिशाली बनाउने गरी नयाँ कानुन बनाउन लागिएको हो।

 

प्रस्तावित आन्तरिक सुरक्षा तथा व्यवस्था ऐत, २०७५ को मस्यौदामा ७७ वटै जिल्लाका कुनै पनि स्थानमा आन्दोलन वा हुलदंगा भई शान्ति भंग हुन जाने स्थिति देखिएमा प्रमुख जिल्ला अधिकारीलाई नै कफ्र्यु लगाउन र आवश्यक परे सिधै गोली समेत हाल्न सक्ने अधिकार दिइएको समाचार राजधानी दैनिकमा छ।

 

प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय रहे पनि सो मन्त्रालयका अधिकारीलाई त्यस्तो अधिकार दिइएको छैन। जिल्लामा कफ्र्यु लगाउन र गोली हान्नुपर्ने अवस्था आए प्रदेशको आन्तरिक मामिला र केन्द्रको गृहमन्त्रालयलाई जानकारी दिनुपर्ने मस्यौदामा उल्लेख छ।