शान्ति सुरक्षा कायम गर्न समुदायसँग हातेमालो गर्न नेपाल प्रहरी तत्पर :महानिरीक्षक खना

रुपन्देही, पुस ११ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी सदैव समुदायसँग सामिप्यता बढाउँदै हातेमालो गरेर शान्ति सुरक्षा कायम गर्न तत्पर रहेको बताउनुभएको छ ।

 

समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत रुपन्देही वुटवल उप(महानगरपालिका(८ सुख्खानगरस्थित दिप वोर्डिङ स्कुलमा बुधबार आयोजित समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत विद्यालय सम्पर्क कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।

 

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले प्रहरी समुदाय साझेदारी कार्यक्रमको कार्यान्वयनबाट समुदायलाई थप सुरक्षित बनाउन मद्दत पुग्ने बताउनुभयो । महिला हिंसा र घरेलु हिंसालाई नियन्त्रण गर्न समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महिला सञ्जाल, विभिन्न संघ संस्था लगायतको सहयोगमा सशक्त रूपमा अगाडि बढनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

 

प्रहरी महानिरीक्षक खनालले लागुऔषध दुर्व्यसन, मानव वेचबिखन, चोरी, डकैती लगायतका अपराधिक गतिविधि विरुद्ध जनचेतनामुलक कार्यक्रमलाई अझै प्रभावकारी रुपमा लैजानुपर्नेमा जोड दिनुभयो । समाजका विकृति विसंगति रोकथामका लागि प्रहरीको साथै हरेक नागरिक र समुदायले चासो दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले यस्ता कार्यक्रमले प्रहरी र समुदायको सम्बन्ध राम्रो भई शान्ति सुरक्षा थप प्रभावकारी हुने बताउनुभयो ।

 

उक्त स्कुलका प्रिन्सिपल टिकाराम न्यौपानेले धन्यवाद ज्ञापन गर्दै समुदाय(प्रहरी साझेदारी कार्यक्रमको उच्च प्रशंसा गर्दै अभियान सफल पार्न प्रहरीसँग हातेमालो गर्ने बताउनुभयो ।

सो कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरु, जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु, विद्यालयका शिक्षक, विद्यार्थीहरु, स्थानीयवासी, संचारकर्मी समेतको उपस्थिति रहेको थिय ।