हिन्दी बोल्नेलाई मात्र जागिर

काठमाडौं, पुस १२ । अस्पताल नेपाली । लगानी नेपालको । चिकित्सक पनि नेपाली । तर, जागिर खानचाहीँ हिन्दी भाषी चाहिने । झापाको काँकडभिट्टादेखि बिर्तामोडसम्मका ठूलासाना आँखा अस्पतालको थिति यस्तै छ ।

 

जिल्लामा सानाठूला गरी पाँच वटा आँखा अस्पताल सञ्चालनमा छन् । तर, जागिर खान भने हिन्दी, आसामी वा बंगाली भाषा जानेकै हुनपर्छ । नत्र, जागिर पाइँदैन ।कर्मचारी आवश्यकतासम्बन्धी विज्ञापन आह्वान गर्दा तीनवटै भाषा नजान्नेलाई आवेदन नदिन अस्पतालले आग्रह गरेको हुन्छ ।

 

भारतीयसँग सीमा जोडिएको झापाका विभिन्न अस्पतालमा भारतीय बिरामीलाई पहिलो प्राथमिकतामा राखेर उपचार गरिन्छ । यी अस्पतालमा सरसफाइका कर्मचारीबाहेक सबैका लागि भाषा महत्वपूर्ण हुन्छ ।अन्नपूर्ण पोस्ट्बाट,