शिक्षकको कुटाईबाट मृत्यु

काठमाडौं, पुस १२ । शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । विद्यार्थी पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका –१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारकोक्रममा मृत्यु भएको हो ।

 

शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो घण्टी नसकिँदै घर पठाएको उनको सहपाठीले बताएका छन् । विद्यालबाट उनको घर ३ किमि टाढा छ । घर पुगेको केही घण्टामै जिल्ला अस्पताल कलैया पु¥याइएका उनको उपचारकोक्रममा मृत्यु भएको मेडिकल सुपरिन्टेन्डेड त्रिभुवनचन्द झाले बताए ।

 

प्राथमिक तहका शिक्षक यादवले अजयलाई विद्यालय प्रांगणमा हात र बाँसको लठ्ठीले पैतादेखि घाँटीसम्म कुटेको प्रत्यक्षदर्शी अजयकी साथी रीमा मण्डलले बताइन् । शिक्षक अहिले फरार छन् । प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।