२२२ रोपनीमा राष्ट्रपति कार्यालय, चिल्ड्रेन पार्क पनि बनाइने

काठमाडौं, पुस १२ । सहरी विकास मन्त्रालयले राष्ट्रपति कार्यालय र निवासलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानले चर्चेको जग्गासहित २२२ रोपनीमा विस्तार गर्ने भएको छ।

 

मन्त्रालयले तयार पारेको गुरुयोजनामा राष्ट्रपति कार्यालय र निवास परिसरमा पाहुनाघर, हेलिप्याड, परेड खेल्ने मैदान, लाइब्रेरी, स्वास्थ्य केन्द्र, मिटिङ हल निर्माण गरिने उल्लेख छ। त्यसैगरी स्विमिङपुल, सेरोमोनियल गेट, गार्ड अफ अनर, चिल्ड्रेन पार्क, कर्मचारी तथा कामदार आवस गृह र पार्किङस्थल निर्माण गरिनेछ। शहरी विकसमन्त्री मोहम्मद इस्तिया राईले बुधरबा पत्रकार सम्मेलन गर्दै करिब तीन वर्षभित्र सम्पन्न हुनेगरी गुरुयोजना तयार गरिएको जनकारी दिए ।

 

‘गुरुयोजना तयार भएको छ, त्यसबारे थप छलफल जारी छ’ उनले भने ‘माघ मसान्तभित्र सम्पूर्ण खाका तयार हुन्छ।’ उनले गुरुयोजनाअनुसरा संरचना बनाउने र त्यहाँ रहेका काम लाग्ने स‌ंरचना बनाउने र त्यहाँ रहेका काम लाग्ने संरचना नभत्काउने जारी दिए। फागुन मसान्तदेखि निर्माण शुरू गर्ने उनले बताए। कान्तिपुर दैनिकबाट,