मेलम्चीका सबै प्राविधिकले नेपाल छाडे

काठमाडौं, पुस १२ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी ई–सेमेन्टेस्टी सिएमसी दी रेभेन्ना मा कार्यरत सबै प्राविधिक स्वदेश फर्किएका खबर आजको नयाँ पत्रिका दैनिकले छापको छ ।

 

अध्यागमन विभागका अनुसार ६ जना सोमबार र २१ जना त्यसअघि नै फर्किएका हुन् । खानेपानी तथा सरसफाइ मन्त्रालयले ६ पुसमा अध्यागमनलाई पत्राचार गर्दै कम्पनीका कर्मचारीलाई स्वदेश फिर्तामा रोक नलगाउन निर्देशन दिएको थियो । त्यसअघि १ पुसमा भने स्वदेश फिर्तीमा रोक लगाउन पत्राचार गरिएको थियो ।

 

मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ठेकेदार कम्पनीका सबैले नेपाल छाडेको बताए । उनले भने, ‘सुरुङ निर्माणमा आबद्ध ठेकेदार कम्पनीका सबैले नेपाल छाडेका छन् ।