बाजुराका सुत्केरी र एचआइभि संक्रमितहरूका लागि निःशुल्क एम्बुलेन्स सुविधा

बाजुरा,पुस १३ । बाजुराको बुढीगंंगा नगरपालिका वडा नंं १० ले वडाभित्रका सुत्केरी र एचआइभि संक्रमितहरूका लागि एम्बुलेन्स सेवा निःशुल्क दिने निर्णय गरेको छ ।वडाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसक्ने अवस्था आए अन्यन्त्र लैजानका लागि वडा कार्यालयले एम्बुलेन्स सेवा उपलब्ध गराउने बुढीगंगा नगरपालिका वडा न १० का वडा अध्यक्ष धर्मराज जोशीले बताएका छन् । वडामा रहेका गरिब तथा विपन्न परिवारका महिलाहरुलाई लक्षित गरी वडा कार्यालयले निर्णय गरेको छ ।

 

यस्तै वडामा रहेका एचआईभित्र संक्रमितलाई एआर टी सेवनका लागि जाँदा आउँदा लाग्ने खर्च पनि बेहोर्ने निर्णय गरेको छ । जिल्ला अस्पताल मार्तडी र अछामको बयालपाटा अस्पतालसम्म लैजाने व्यवस्था सहीतको सेवा सञ्चालनका लागि निर्णय गरेको अध्यक्ष जोशीले बताए । वडामा हाल ७ जना एआरटी औषधी सेवन गर्ने संक्रमित रहेका छन् ।

 

उनीहरुले महिनाको एक दिन अनिवार्य एआरटी सेवनका लागि बयालगडा वा जिल्ला अस्पताल मार्तडी जानु पर्ने भएकोले यातायात खर्च सहयोग गर्ने वडाले निर्णय गरेको हो । आर्थिक समस्यामा रहेका संक्रमितलाई खानकै समस्या हुने गरेकोले राहत स्वरुप निर्णय गरिएको वडा कार्यालयले बताएको छ ।

 

सुत्केरीका लागि एम्बुलेन्स सुविधा नै दिने निर्णय गरिएको छ । भने एचआइभि संक्रमितका लागि गाडा भाडा दिने निर्णइ गरिएको छ । प्रत्येक महिना अछामको बयालगडा जाँदा पनि चार हजार बराबर खर्च गर्ने भएको छ । वडाले गरेको निर्णय स्वागत योग्य र संक्रमितका पक्षमा रहेको एक संक्रमितले बताए । स्थानीय तह कार्यान्वयनमा आएदेखि १० नम्बर वडाले संक्रमितको पक्षमा न्यायीक निर्णय गरिएको एचआइभि संक्रमितको पक्षमा क्रियाशिल संस्था बाजुरा प्लसले प्रतिक्रिया दिएको छ ।