भोली आइतवार सार्वजनिक बिदा

पोखरा, पुस १४ । तमु ल्होसार पर्वको अवसरमा भोली पुस १५ गते आइतवार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रवार सूचना जारीगरी बिदा दिने निर्णय गरेको हो ।

 

पुस १५ गते तमु ल्होसार पर्व परेकोले गण्डकीस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी गराइएको छ ।

 

गण्डकी प्रदेश विशेषत गुरुङहरूको बाहुल्यता रहेको प्रदेश भएको र सो दिन उनीहरूको प्रमुख चाड तमु ल्होसार अवसरमा बिदा दिने निर्णय भएको जनाइएको छ ।बिदाका लागि तमु समुदायले सरकारलाई दबाब दिँदैआएका थिए ।