सशस्त्रका आइजीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी, श्रीमती र छोरीलाई पनि गाडी

काठमाडौँ, पुस १५ । सशस्त्र प्रहरीका आइजी शैलेन्द्र खनालले राज्यकोषबाट किनेका ८ गाडी प्रयोग गर्दै आएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

 

उनले बा २ झ ११७४, बा १ झ ६०९१, बा झ ८२६६, बा २ झ ३६८, बा। २ झ ११७१, बा २ झ २३९१, बा १ झ ६६१३ र बा १ झ ९१४३ नम्बरको गाडी प्रयोग गर्छन् । यी सबै गाडीमा इन्धन, मर्मत, चालक खर्च सरकारले व्यहोर्दै आएको छ ।

 

त्यस्तै राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीपराज रेग्मीले राज्यकोषबाट किनिएका पाँच गाडी प्रयोग गर्दै आएका छन् । बा १ च ३२०९, बा ५ च २२६४, बा ८ च ७१९०, बा १० च ३९२० र बा ७ च १८४८ नम्बरका गाडी रेग्मीले भोगचलन गर्दै आएका छन् ।

यी मध्ये बा १० च ३९२० नम्बरको उनकी छोरी र बा ७ च १८४८ नम्बरको श्रीमतीले चढ्दै आएकी छिन् ।