वाइडबडीमा ‘वाइल्ड’ भ्रष्टाचार

 

काठमाडौं, पुस १६ । दिइएको छुटसमेत नलिई मिलेमतोमा वाइडबडी विमान प्रकरणमा भ्रष्टाचार गरिएको पाइएको छ । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी विमानमा भ्रष्टाचार भएको ठहर गर्दै संलग्न पदाधिकारीलाई निलम्बन सिफारिस भएको छ ।

 

समाचार अनुसार, विमान कम्पनीले खरिदमा दिइएको छुट नलिई खरिद गर्दा मात्रै २ अर्ब ३८ करोड रुपैयाँ निगमलाई घाटा भएको छ । निर्देशनविपरीत पुरानो विमान ल्याइएको पाइएको छ भने कम भारबहन क्षमताको विमान खरिद गर्दा थप १ अर्ब ३ करोड रुपैयाँ घाटा भएको छ ।

 

संसदीय उपसमितिले मंगलबार बुझाउन लागेको प्रतिवेदनमा भनिएको छ, ‘बहाल रहेका तत्कालीन पदाधिकारीलाई निलम्बन गरी थप अनुसन्धान गर्न निर्देशन दिइने छ ।’ अन्नपूर्ण पोष्टबाट  ।