कर्मचारी समायोजनका लागि ५२ हजारको विवरण तयार, पाँच दिनमा १२ हजारले भरे फाराम

काठमाडौं, पुस १६ । सरकारले संघ, प्रदेश र स्थानीय तहमा सामायोजनका लागि ५२ हजार कर्मचारीको विवरण अद्यावधिक गरेको छ। राष्ट्रिय किताबखानाले समायोजन प्रयोजनका लागि कर्मचारी विवरण अद्यावधिक गरेके हो।

 

निजामतीतर्फका ८९ हजारमध्ये किताबखानाले ५२ हजारको विवरण तयार पारेको हो। बाँकीको विवरण छिट्टै तयार पारिने किताबखानाले जानकारी दिएको समाचार राजधानी दैनिकमा समाचार छ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले किताबखानाले तयार पारेको यही विवरणका आधारमा कर्मचारीको समायोजन गर्नेछ। मन्त्रालयले गत बुधाबारै सार्वजनिक सूचनामार्फत कर्मचारीलाई सामयोजा फारम भर्न आह्वान गरिसकोके छ।

 

समायोजन थालेको पाँच दिनभित्रै १२ हजार कर्मचारी सहभागी भएको छन्। २१ दिनको म्यान दिएको सरकारले त्यसलगत्तै कर्मचारीको समायोजन थाल्नेछ।