राजाभन्दा गणतन्त्रकी राष्ट्रपति महँगी: पशुपतिसमशेर राणाको

काठमाडौं, पुस १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक )का अध्यक्ष पशुपतिसमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको विलाशीपनले मुलुकमा नयाँ प्रश्न जन्माएको टिप्पणी गरेका छन ।

 
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘गणतन्त्रकी राष्ट्रपति किन महंगी बन्दै हुनुहुन्छ रु करोडौंका गाडी चाहिने, अर्बौको हेलिकप्टर खरिद गर्नुपर्ने ? अहिलेको विशाल शितलनिवास राष्ट्रपतिज्यूलाई सानो भयो अरे ? प्रहरी तालिम केन्द्रपनि उहाँलाई नै चाहिने भयो भन्ने सुनिँदैछ, यो कस्तो विलाशी हो ?

 

राणाले भने,‘राजतन्त्रको बेलामा नभएका दृश्यहरु गणतन्त्रमा देख्न पाईएका छन्, राष्ट्रपतिलाई सुविधानै सुविधा चाहिने अनि दशैंमा जनतालाई घुँडा टेकाउने रु यस्तो राष्ट्रपतीय प्राणीलीले के गर्न खोज्दैछ रु अब शंका जन्मिँदैछ ।’

 

अध्यक्ष राणाले दुई तिहाई बहुमतको वर्तमान सरकारले सिन्कोसमेत भाँच्न नसकेको गम्भिर आरोप लगाएका छन् । राणाले २०४७ सालपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बनेको सबैभन्दा शक्तिशाली वर्तमान सरकारले काम गर्न नसकेको भन्दै यस्तो आरोप लगाएका हुन ।

 

अध्यक्ष राणाले भने,‘२०४७ सालपछि बनेको सबैभन्दा बलियो भनिएको वर्तमान सकारले जनताको पक्षमा काम गर्न सकेको छैन् । जनताको बारेमा चिन्ता गर्न सकेको छैन् यो मेरो आरोप होईन, सत्य हो, नेकपाको सचिवालय बैठकमा समेत सरकारका कामकारबाहीको बारेमा नेताहरुले असन्तुष्टि पोख्नुभएको छ।’