लाइसेन्समा अनियमितता गर्ने यातायातका प्रमुखसहित ११ कर्मचारीलाई जेल

काठमाडौँ, पुस २२ । सवारीचालक अनुमतिपत्र  लाइसेन्स परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय तोकिएको छ ।

 

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले सबै कर्मचारीलाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय सुनाएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।