नबोली बस्यो सरकार के गर्दैछ भनेर प्रश्न गर्छन्, बोल्दा पनि कामै नगरी बोल्यो भन्छन्,: प्रधानमन्त्री ओली

काठमाडौं, पुस २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बोल्दा पनि कामै नगरी बोल्यो भन्छन्, नबोली बस्यो सरकार के गर्दैछ भनेर प्रश्न गर्छन् भन्दै गुनासो गरेका छन्।आइतवार प्रतिनिधि सभाको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री ओलीले यस्तो असन्तुष्टि जनाउनु भएको हो ।

 

प्रधानमन्त्रीले अगाडि भने, ‘तर्क र बहस गर्नुछैन। गर्नु छ त विकास। त्यसैले आज म सदनमा उठाइएका रंगीविरंगी प्रश्नलाई सम्बोधन गर्दैछु।’ प्रधानमन्त्री ओलीले अहिले प्रतिनिधि सभालाई सम्बोधन गरिरहेका छन्।