बाजुरा छाउगोठमा आगलागी हुँदा आमासहित दुई छोराको मृत्यु

बाजुरा, पुस २५ । बुढीनन्दा नगरपालिकाको–९ अगाउपानीमा छाउगोठमा आगलागी हुँदा आमा–छोराको मृत्यु भएको छ ।मृत्यु हुनेमा बुढीन्नदा नगरपालिका–९ अगाउपानीकी ३५ वर्षीया अम्बा बोहरा र उनका दुई छोरा ९ वर्षका सुरेश बोहरा र ७ वर्षका रमित बोहरा रहेका छन् ।

 

घरभन्दा १ सय मिटर टाढा रहेको छाउगोठमा छाउ भएको ४ दिनदेखि आमा छोराहरू सुत्दै आएका थिए । मंगलबार राति छाउगोठमा उनिहरू सुतिरहेको बेला आगो बलाङ्केटमा सल्किएर आगलागि भएको हुन सक्ने बुढीनन्दा नगरपालिका वडा ९ का वडा अध्यक्ष खड्क बोहराले बताए ।

 

घटना भएको स्थलमा अहिले जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायव उपरीक्षक उद्वब सिह भाट सहितको टोली गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी सहायक निरिक्षक लोकेन्द्र सिंह गुरूले जानकारी दिए ।