सैनिक जवानले आफ्नै श्रीमतीको चिरपट प्रहार गरी हत्या

धम्बोझी , पुस २५ ।  बर्दियाको गुलरिया नगरपालिका–५ कृष्णनगर टोलमा एक युवकले आफ्नी श्रीमतीलाई चिर्पटले टाउकोमा हानि  हत्या गरेका छन् ।अन्दाजी ३० वर्षीय मोहन बोहराले श्रीमती सुष्मा कुँवरलाई राति ११ बजेतिर चिर्पट प्रहार गरी हत्या गरेका हुन् । बुटवलस्थित जबरगणमा कार्यरत सैनिक जवान बोहराले हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

श्रीमतीको हत्यापछि भागेर भारततर्फ जाँदै गर्दा बोहरालाई प्रहरीले राति मधुवन नगरपालिकाको सानोश्रीमा पक्राउ गरेको थियो । बोहराका आमा मैयाँ र बुबा टीकारामको समेत हत्यामा संग्लनता रहेको स्थानीयवासीको आरोप छ ।