१० महिनामा ओली सरकारका मन्त्रिले जिल्ला भ्रमणमा सके अढाइ करोड, हवाई यात्रा गर्दा पनि बझ्छन् इन्धन

काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी शर्मालीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्टाचार नगर्न आफ्ना मन्त्रलीलाई झकझक्यारहेका छन्। तर १० महिने कार्यकालमा मन्त्रीहरुले जिल्ला भ्रमणमा गरेको खर्च केलाउँदा कसैले पनि पनि निर्देशन पालना गरेको देखिन्न।

 

यो सरकारका २५ मन्त्रीले जिल्ला र विदेश भ्रमणको खर्चमा अघिल्ले शेरबहादुर देउवा नेतृत्वको जम्बो मन्त्रिपरिषद्लाई पनि उछिनेका छन्।

२०७४ साल फागुन पहिलो सातादेखि मंसिरसम्म जिल्ला भ्रमणमा राज्यको ढुकुटीबाट करिब साढे २ करोड रुपैयाँ सिध्याइसकेका छन्।देउवा सरकारका ६४ मन्त्रीले करिब १ वर्षमा २ करोड ८८ लाख रुपैयाँ खर्चिएका थिए।

 

प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका अनुसार यत्तिको रकम दैनिक भत्ता र हवाई टिकमा मात्र खर्च चएको हो। मन्त्रीहरुले जिल्ला भ्रमण र अनुगमनक जाँदा सम्बन्धित मन्त्तालय र मातहत कार्यालयबाट समेत इन्धन र रकम लिने गरेका छन् भन्ने खबर कान्तिपुर दैनिकमा छ।

 

प्रधानन्त्री कार्यालयले मन्त्रीहरुलाई तलब, भत्ता र इन्धन उपलब्ध गराए पनि दोहोरो सुविधा लिइरहेका हुन्। ‘खर्च कटौती गर्न प्रधानमन्त्रीज्युले मितव्ययी बन्न भने पनि मन्त्रीहरुको पारा पहिला जस्तै छ’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने।