डा. गोविन्द केसी कम्युनिस्ट विरोधी हुन् ,कांग्रेसको भोट माग्दै हिँड्ने: योगेश भट्टराई

काठमाडौं,माघ ३। नेकपाका नेता योगेश भट्टराईले अनशनरत डा. गोविन्द केसीको अडान अलोकतान्त्रिक रहेको संकेत गर्दै उनले संसदको अधिकारलाई नै ‘च्यालेन्ज’ गरेको बताएका छन् ।संसदको अधिकारमाथि डा. केसीले च्यालेन्ज गर्न नपा उने नेता भट्टराईको टिप्पणी छ । सरकारले पठाएका विधेयक संसदमा छलफल हुन नदिएरै त्यसको अधिकार रोक्नु अलोकतान्त्रिक रहेको उनको भनाइ छ ।डा। केसी इलाममा अनशन बसिरहेको अवस्थामा सत्तारुढ दलका नेता भट्टराई पनि इलाम पुगेर यस्तो बताएका हुन् ।

सरकारले पठाएका विधेयक संसदले हुवहु लागू गर्न नसक्ने व्यवस्था रहेको स्मरण गराउँदै उनले संसदमा छलफल हुन दिनुपर्ने बताए ।नेता भट्टराईले पत्रकार सम्मेलनको क्रममा डा। केसीलाई कांग्रेसको पर्यायवाची रुपमै तुलना गरे । उनले ‘कांग्रेस र डा. केसी एकै सिक्काका दुई पाटा’भन्दै टिप्पणी गरे ।‘डा. केसी र नेपाली कांग्रेस छुटिँदैन,’ भट्टराईले भने, ‘उहाँहरु एकै सिक्काको दुई पाटा हो ।’ मेडिकल शिक्षालाई गैरनाफामुलक तथा सेवामुलक बनाउने सरकारले नीति ल्याएकोमा कांग्रेस र डा। केसीले त्यसमा आपत्ति जनाएको भन्दै नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

 

डा. केसी कम्युनिस्ट विरोधी रहेको समेत उनको टिप्पणी छ । कांग्रेसको जयजकार गर्ने केसी विशुद्ध व्यवसायीक हुन नसक्ने उनको जिकिर छ । ‘शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि केपी ओलीकै नाम लिएर विरोध गर्ने । उहाँमा कम्युनिस्ट फोबिया छ,’ ने ता भट्टराईले भने ।२०४८ सालमा कांग्रेसको सरकार बन्दा शिक्षा र स्वास्थ्य क्षेत्रमा अन्धाधुन्धा रुपमा निजी क्षेत्रको लगानी बढेको स्मरण गराउँदै उनले वर्तमान सरकारले सार्वजनिक संस्थानमा ध्यान दिएको र शिक्षा, स्वास्थ्यलाई सेवामुलक र नाफामुखी बनाउनेतर्फ लागेको बताए ।घटनाक्रमले डा। केसीलाई कम्युनिस्ट विरोधी पुष्टि गरेको उनको भनाइ छ ।

 

केसीलाई लक्षित गर्दै भट्टराईले अघि भने, ‘कांग्रेसको जयजकार गर्ने, कांग्रेस महासमिति सदस्यले मेडिकल कलेजमा लगानी गर्दा केही नबोल्ने, राम्रो विधेयक ल्याउने कम्युनिस्ट सरकारको विरोध गर्ने १’ भट्टराईले डा. केसीलाई कांग्रेसको झण्डा बोकेरै चुनावमा भोट मागेको भन्दै उनी निष्पक्ष नरहेको बताए ।उनले भने, ‘चुनावमा कांग्रेसको चारतारे झण्डा बोकेर भोट माग्दै हिँड्ने, कांग्रेसको जयजकार गर्ने उहाँ विशुद्ध व्यवसायीक हुनुहुन्न । टिचिङमै अनशन बस्दा कांग्रेसका नेताहरु जाँदा केही भएन । माधव नेपाल पुगे पछि हुटिङ नै गरियो । तत्कालीन एमालेमाथि आक्रमण नै भयो ।

 

’यसबाहेक कुनै समूहले डा। केसीलाई ‘गोटी’ बनाइरहेको पनि दाबी गरे । फुजेल हत्याकाण्डसहित द्वन्द्वका घटना कोट्याउँदै कुनै समूहले केसीलाई पनि ‘गोटी’ बनाएको बताए । साथै नन्दप्रसाद अधिकारीकी श्रीमती गंगामायालाई फोटो खिचाउने र गोविन्द केसी लाई अनशन बसाउने एकै समूह भएको पनि उनको दाबी छ । तर त्यस्ता समूहको गोटी नबन्न आग्रह गरे ।डा. केसीले विधेयकको पूर्ण पृष्ठ समेत नपढेको भन्दै पढ्नका लागि नेता भट्टराईले आग्रह गरे । कम्युनिस्ट सरकारले राम्रो विधेयक ल्याउन लागेकोमा के सीले नपढिकनै विरोध गरेको उनको टिप्पणी छ ।