टुटल र पठाओ चल्न दिन प्रधानमन्त्रि ओलीको मन्त्रि महासेठलाई निर्देशन

काठमाडौं, माघ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल र पठाओलाई चल्न दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई निर्देशन दिएका छन्।

काठमाडौंमा मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने टुटल र पठाओको सेवामा ट्राफिक प्रहरीले रोक लगाइएकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमविपरीत यात्रु बोक्ने गरेको भन्दै टुटल, पठाओलगायतका मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका आधारमा मोटरसाइकललाई कारवाही गरिएको थियो।

 

टुटल र पठाओ लाई कारवाही गरेको भन्दै सामाजिक सञ्जालमा सरकार विरुद्ध ब्यापक विरोध भएको थियो। प्रधानमन्त्रीले सबैको गुनासो सुनेपछि विभागीय मन्त्रीलाई तुरुन्त पहिले झैँ चल्न दिन निर्देशन दिएका हुन्।

 

टुटलले दुई वर्षदेखि सेवा दिइरहेको छ भने पठाओ केही महिनाअघि मात्रै सञ्चालनमा आएको हो । दुवैको सेवा गैरकानुनी भएको ट्राफिक प्रहरीको भनाइ छ । अहिलेसम्म चार जनालाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।