नेपाली श्रमिकले छिट्टै जापानमा काम गर्न पाउने, दुई देश बिच​ गृहकार्य जारी

काठमाण्डौँ, माघ ३। वैदेशिक रोजगारको लागी नेपालबाट श्रमिकहरु जापन लैजाने सम्बधनमा नेपाली र जापनी प्रतिमण्डलसँग औपचारिक छलफल भ​एको छ​।

दुई देशबीच थप गृहकार्य गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। बैठकमा नेपाली श्रमिकले व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा जापानमा काम गर्ने वातावरण सिर्जना गर्ने विषयमा पनि कुराकानी भएको थियो ।

 

श्रम मन्त्रालयका तर्फबाट बिहीवार जारी विज्ञप्तिमा भनिएको छ स् छिट्टै नेपाली श्रमिकले नयाँ व्यवस्था अनुरूप जापानमा काम गर्न पाउने वातावरण सिर्जना गर्न दुवै देशले थप गृहकार्य गर्ने सहमति भएको छ ।

 

नेपाली कामदारहरुले जापनमा सिकेका ज्ञान, सिप र अनुभबलाई उद्दमशिलताको माध्यम मार्फत नेपालको विकासमा योगदान पुर्याउन​ दुवै देशको सहकार्य गर्दै जाने सहमति समेत भ​एको छ​।

विज्ञप्ति हेर्नुहोस् –