१२ दिन पनि पुग्दैन इन्धन

काठमाडौं, माघ ५ । नेपालको हवाई इन्धन भण्डारण क्षमता निकै न्यून रहेको छ । नेपाल आयल निगमका अनुसार इन्धन क्षमता ८ हजार ५०६ किलोलिटर मात्र रहेकाले भण्डारण भएको इन्धनले १२ दिनलाई पनि धान्दैन ।

 

नेपालमा उडान हुने अन्तर्राष्ट्रिय तथा यहाँका आन्तरिक उडान भर्ने विमानले नेपालमै इन्धन भर्ने गर्छन् । अन्तर्राष्ट्रिय उडानले नपुग इन्धन मात्र काठमाडौंमा भर्ने गर्दा पनि नेपालको इन्धन भण्डारण क्षमता अत्यन्तै न्यून रहेको हो ।

 

निगमका आपूर्ति तथा वितरण शाखाका उपनिर्देशक विनित उपाध्यायका अनुसार दैनिक हवाई इन्धन खपत ६५० किलोलिटर छ जसमध्ये अन्तर्राष्ट्रिय उडानमा मात्र ४५० किलोलिटर खपत हुने गरेको छ । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।