दश वर्षपछि विजौरी सामुहिक बलात्कार काण्डका मुुख्य दोषी पक्राउ

दाङ माघ ५। १० वर्ष अघि दाङको बिजौरीमा भएका सामुहिक बलात्कार काण्डका मुख्य दोषी विष्णु चौधरी पक्राउ परेका छन्।

सर्वोच्च अदालतले २०७२ साल फागुन ३० गते विजौरीमा भएको सामूहिक बलात्कार काण्डमा तुलसीपुर उपमहानगरपालिका १८ का चौधरीलाई दोषी ठहर गरेपनि उनी फरार थिए। सर्वोच्च अदालतले को मुख्य दोषी ठहर गर्दै चौधरीलाई ९ वर्ष ११ महिना २ दिन कैद सजाय सुनाउँदै ५० हजार जरिवाना समेत तोकेको थियो।

 

विष्णुलाई माघ ३ गते पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। उक्त बलात्कार काण्डमा संलग्न अन्य ६ जनाले सजाय भुक्तान गरिसकेका छन् भने थप एक जना मोहन पुन फरार छन्।

 

गढवा गाउँपालिका गढवाकी १७ वर्षीया कल्पना खनाल तुलसीपुर हुँदै घोराही फर्कदै गर्दा विजौरीमा सामूहिक बलात्कारमा परेकी थिइन्।
उनको घटना भएको ८४ औं मृत्यु भएको थियो।