प्रधानमन्त्री आज फर्किदै

काठमाडौं, माघ १२ । विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली आज( शनिबार) स्वदेश फर्कदै हुनुहुन्छ । स्विट्जरल्याण्डको डावोसमा पुग्नुभएका प्रधानमन्त्री ओली दुई वटा औपचारीक सत्रमा सहभागी हुनुभएको थियो ।

उद्घाटन शत्रमा सहभागीता मात्र जनाएका प्रधानमन्त्रीले दक्षिण एसियाको रणनीतिक दृष्टिकोण र लोकतन्त्रको भविष्यलाई आकार दिने नामक दुई शत्रमा आफ्नो धारणा राख्नुभएको थियो । यसका अतिरिक्त प्रधानमन्त्रीले साइडलाइन भेटवार्ता पनि गर्नुभएको थियो ।

अन्तर्राष्टिय समुदायसमक्ष उहाँले नेपाल विकाशमा अघि बढिसकेको र त्यसका लागी विश्व समुदायको लगानी आवश्यक रहेको औंल्याउनुभएको थियो । प्रधानमन्त्रीले नेपालको शान्तिप्रत्रक्रियाका बारेमा अन्तर्राष्टिय समुदायले धेरै चिन्ता गर्नु नपनेृ समेत प्रष्ट पार्नुभएको थियो । समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।