प. रामकृष्ण उपाध्याय पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा सूचीबाट हटाएर चर्च राख्ने तयारी हुदैछ

काठमाडौं, माघ १३ । पशुपतिनाथ मन्दिरप्रतिको आस्था कमजोर बनाएर यस क्षेत्रमा चर्चको प्रभाव बढाउने भित्री खेल भइरहेको भन्दै हिन्दुवादी संस्थाहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आन्दोलनको तयारी गरिरहेको हिन्दु जागरण नेपालका अध्यक्ष राम कृष्ण उपाध्याय भन्छन्, ‘पशुपतिनाथको मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छ । यो सूचीबाट हटाउने नियोजित प्रयत्न भइरहेको छ ।

यसले त पशुपतिनाथमा चर्च नै राख्ने नियत देखाएको छ ।भूकम्पले भत्केको विश्वरुपाको मन्दिर पुननिर्माण हुन सकेको छैन । अर्कोतर्फ श्लेषमान्तक वनमा कंक्रिटको पदमार्ग निर्माण तीव्र भएको छ । यो पदमार्ग विवादित नै बन्यो ।

वीरुपाक्षको मूर्तीबाट उत्तरतर्फ रहेको किराँतको मूर्तीसमेत तोडफोड भएको छ । तर यो विषयमा पशुपति क्षेत्र विकास कोष मौन रहेको अध्यक्ष उपाध्याय बताउछन् ।

 

पशुपति क्षेत्रमा कसैले दान दिएकै भरमा हंश मण्डप नामाकरण गरिएको छ । उपाध्याय भन्छन्, ‘हंश पन्थको प्रबद्र्धन गर्न हंश मण्डप राख्ने हो भने अरु पन्थ र सम्प्रदायले पनि केही सहयोग गर्दै आफ्नो पहिचानको नामाकरण गर्दै जान सकिन्छ । विश्वको सम्पदामा कुनै व्यक्ति, समुदाय वा विशेषको यस्तो अतिक्रमण लाजमर्दो हो ।

पशुपतिनाथ प्रतिको आस्था र श्रद्धा मेटाउनका लागि काम भइरहेको उपाध्याय दावी गर्छन् । उनको मतअनुसार पञ्चालीमा कृपालु बाटिका बनाउने, अग्नीहोत्र गर्ने स्थानमा डोजर चलाउने जस्ता काम भए ।

 

भारतीयहरुको एक समूहलाई पशुपतिनाथ भित्रको संरचनाहरु सम्पूर्ण नापजाँच गर्ने अनुमति समेत पशुपति क्षेत्र विकास कोषले दिएको थियो । उपाध्याय भन्छन्, ‘नक्कली लुम्बिनी बनाउनेहरुले नक्कली पशुपतिनाथ बनाउन यस्तो गरेको देखिन्छ । पशुपतिनाथभित्रको संरचना नापेर फर्किएकाहरुको बस त्रिशूलीमा खसेको थियो ।’