काठमाण्डौ-बैतडी संघीय जनसम्पर्क मञ्चका अध्यक्षले भने पर्टी एकतामा ढिलाई नगरौ

काठमाडाै फागुन १३। तत्कालिन नेकपा ( माओवादी ) केन्द्र र नेकपा एमाले बिच पार्टी एकता भई(नेकपा) गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रिय समिति र प्रदेश समिति गठन भएता पनि जिल्ला तथा जनबर्गिय संगठनको एकतामा ढिलाई भएको भन्दै नेकपा माओवादी केन्द्र निकट बैतडी काठमाण्डौ संघीय जनसम्पर्र्क मञ्चका अध्यक्ष तारादत्त भट्टले भने अब पनि पार्टी एकिकरण गर्न ढिलाई गर्ने हो भने नेकपा नै नरहने स्थिति रहन्छ।त्यसैले एकता हुन बाँकि रहेका संगठन छिटाे भन्दा छिटाे एकता गर्न जरूरी छ। दुई तिहाई बहुमतको सरकार सगै ५ बर्ष पछि नेकपा नै नरहने स्थिति रहन सक्छ भने चिन्ता व्यकत्त गर्नु भयो ।

 

  जिल्ला तथा जनबर्गिय संगठनको एकतामा ढिलाई नगरी जनता र कार्यकर्ताकाे चाहना अनुरुप छिटो भन्दा छिटो पर्टी एकिकरण गरी नेकपा पार्टी भित्रबाटै शुद्धिकरण अभियान संगै भष्टाचार बिरुद्धको अभियान अब नेकपा पार्टी भित्रबाट सुरुगरी समृद्ध नेपाल सुखी नेपाली भने नाराकाे नेकपाले पुरा गर्नु पर्ने बताउनु भयाे  र पार्टी एकता संगै कार्यकर्ता र जनताले पनि खुसीको अनुभुती पाउने बैतडी काठमाण्डौ सघीय जनसम्पर्र्क मञ्चका अध्यक्षले बताउनु भयो ।

 

पार्टी एकता प्रक्रियामा अझै ढिलाई हुने हो भने कार्यकर्ता र जनताको बिश्वास घटने स्थिति रहेकाे बताउनु भयाे ।पार्टी एकिकरण प्रक्रियामा ढिला भएकै कारण कार्यकर्तामा निरासा पैदा भएको र १० बर्ष सम्म पनि स्वतन्त्र विद्यार्थी युनियनको स्ववियु निर्वाचन नभएकै कारण विद्यार्थी नेताहरुमा पनि निरासा पैदा भएको बैतडी काठमाण्डौ सघीय जनसम्पर्र्क मञ्चका अध्यक्षले बताउनु भयो ।