क्रान्तिकारी माओवादी निकटको युवा संगठनका नेतालाई सुर्खेत प्रहरीले पक्राउ

सुर्खेत फागुन १३। नेकपा (क्रान्तिकारी माओवादी) निकटको युवा संगठनका नेतालाई सुर्खेत प्रहरीले पसलमा सामान किन्ने क्रममा एक्कासी पक्राउ गरेको उक्त संगठनले जनाएको छ ।

क्रान्तिकारी युवा लिगका सुर्खेतका अनुसार उक्त संगठनका जिल्ला समिति सदस्य मिलन शाही प्रकाउ परेका हुन् ।

क्रान्तिकारी युवा लिगका सुर्खेतले दिएको जानकारी अनुसार शाहीलाई वाङ्गेसिमल स्थित एक पसलमा सामान किन्ने क्रममा प्रहरीले एक्कासी पक्राउ गरेको हो । उनलाई पक्राउ गरेको विषयमा क्रान्तिकारी युवा लिगका नेताहरुले विरोध गरेका छन ।

 

क्रान्तिकारी युवा लिग सुर्खेतले ओली सरकार जनघात तथा भासिष्ट शैलीमा अघि बढेको भन्दै तत्काल संगठनका नेता शाहीलाई बिना सर्त रिहा नगरे कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ।

 

उक्त संगठनका एक नेताले फोन मार्फत त्यसको बताएका हुन । उनले सुर्खेतमा आज सम्पन्न भएको देशभक्त जनगणतान्त्रीक मोर्चाको जनसभापछि त्यहाँ पुगेको अवस्थामा बिना कारण पक्राउ गरेको गरेको बताएका छन ।

 

संगठनका नेताको बिना कारण गिरफ्तारीको विषयले आफुहरुलाई अचम्म लागेको उक्त पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश कार्यवाहक सेक्रेटरी कृष्ण गुरुङले   बताएका छन् । उनले ओली सरकारको नाङ्गो रुप देखिएको भन्दै घटनाको निन्दा गरें ।

 

त्यस्तै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा देजमोका प्रदेश संयोजक दिपक शाहीले जनताहरुहरुको लहर क्रान्तिकारी शक्तिमा बढेपछि संत्ताँधारीहरुले उनलाई नियोजित रुपमा पक्राउ गरेको बताए ।

 

पक्राउको विषयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपि प्रदिप क्षेत्रिले भने उनलाई पक्राउ गरेको आफुलाई जानकारी नभएको बताए ।

उनले खेल खेल्ने क्रममा झगडा गर्ने क्रममा एक जना र मादक पद्धार्थ सेवन गरेको अवस्थामा एक जनालाई गरी दुई जना लाई पक्राउ गरेको बताए ।