बलात्कार गर्ने शिक्षक रंगेहात पक्राउ

काठमाडौं, फागुन १७ । ट्युसन पढाउने बहानामा जर्बजस्ती घरमा प्रवेश गरि एक शिक्षकले १० बर्षीया बालिकालाई बलात्कार गरेका छन् ।

चितवन कठार नगरपालिका ४ घर भई हाल उदयपुरको कटारी नगरपालिका ८ मा रहेको जनप्रिय आधारभुत विद्यालय सिरिसेका अस्थायी शिक्षक २८ वर्षिया विनोद लोहनी पक्राउ परेका हुन् ।

 

प्रहरीका अनुसार पढाउने बहानामा घरमा प्रवेश गरिलोहनीले साँझ ८ बजे जबर्जस्ती करणी गर्दै गर्दा परिवारले रंगेहात समातेर प्रहरीलाई बुझाएको थियो । समाचार राजधानी दैनिकमा छ ।