पूर्व उपप्रधान एवम् अर्थमन्त्री, नेकपाका नेता भरतमोहन अधिकारीको निधन

काठमाडाै, फागुन १८।  पूर्व उपप्रधान एवम् अर्थमन्त्री , नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा विगत तीन सातादेखि उपचाररत अधिकारीलाई कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको थियो ।

 

अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्तका अनुसार नेता भरतमोहन अधिकारीको निधन भएको बताएका छन । अधिकारीको शरीरका महत्वपूर्ण अङ्गले काम गर्न छाडेपछि निधन भएको हो । बितेका २४ घन्टादेखि उनको पिसाबसमेत बन्द भएको थियो ।

 

डा पन्तले चिकित्सा विज्ञानअनुसारका सबै उपचारविधि अपनाउँदा पनि उहाँको स्वस्थ्यमा सुधार नभएको र बचाउन नसकेको बताएका छन ।अधिकारीको स्वास्थ्य अवस्था निकै नाजुक भएपछि उनलाई राखिएको अस्पतालमा उनका परिवारका सदस्य र नेकपाका नेता–कार्यकर्ताहरु पुगेका थिए ।