विप्लव नेकपाद्वारा प्रदेश सांसद देवकी मल्ललाई अपहर

काठमाडौं,फागुन २४। त्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बझाङकी प्रदेश सभा सांसद देवकी मल्ललाई अपहरण गरेका छन्।सुरक्षा स्रोतहरुले उनको अपहरण पुष्टि गरेका छन्। उनी नेकपाकी सांसद हुन्।‘उहाँ अपहरणमा परेको खबर हामीले पनि भर्खरै पाएका छौं। केही समयपछि विस्तृत विवरण आउनेछ’, बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले टेलिफोनमा भने।देवकी २०७४ कार्तिकमा भएको प्रदेश सभा निर्वाचनमा बझाङ (ख) बाट माओवादी उम्मेदवारको रुपमा विजयी भएकी थिइन्।यता प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव माओवादीलाई लुटेरा नाम राख्न आग्रह गरेका छन् ।

राजनीतिक सहमती घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवले सञ्चालन गर्ने नेकपाका नाममा लुटपाट हत्या हिंसा धाक धम्कि भएको भन्दै नेकपाको नाम हटाएर लुटेरा राख्न आग्रह गरेका हुन् ।माओवादीले हाल गरिरहेको काम जनताको पक्षमा नभएको भन्दै उनले नेकपा भन्ने बर्को फ्याक्न भनेका हुन् ।

 

जनतालाई दुख दिने, हत्या हिंसा लुटपाट मच्याएको समूहको बन्दुक, गोलीसमतेको तथा खानतलासी गरेकोको विप्लव समूहले आपत्ति जनाएको सन्दर्भ लक्षित गर्दै उनले थपे, मान्छे लुटेर हिड्ने, हत्या गर्ने, विष्फोट गर्ने, अत्याचार गर्ने समूहले कम्युनिष्ट पार्टिको नाम लिन बन्द गरेर लुटेरा समूह वा प्रकाण्ड समूह राख्न अनुरोध गरे ।