‘प्रचण्डलाई मार्ने सूचना’

काठमाडौं, चैत्र १ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले हत्या गर्ने षड्यन्त्र गरेको बताउनुभएको छ ।

‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवहरुको म प्रचणड लाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे । टिम खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान मलाई सूचना दिइयो,‘दाहालले भन्नुभयो, ‘के भएको होला साथीहरुलाई मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्ने हो र र? ‘साथीहरले नयाँ बाटो खोज्नुस् प्रचण्डै नक्कल गरेर प्रचण्ड बन्छु भन्ने सोच्नुभयो भने त्यो भ्रम हो । भ्रमले परिमाण दुभाग्यपूर्ण आउँछ ।

 

’ समाचार अन्नपूर्ण पोस्ट् दैनिकले प्रकाशित गरेको छ । प्रहरीको उच्च सतर्कता नेत्रविक्रम चन्द ‘विप्वल’ समूहको गतिविधिमाथि कडा निगरानी गर्दै सरकारले सुरक्षा सतर्कता बढाएको छ । विप्लवका गतिविधि सुक्ष्म निगरानी गर्न प्रहरी परिचालन भएका छन् । प्रहरी मुख्यालयले राजधानीका प्रहरी एकाइ, प्रदेश र जिल्ला सुरक्षा समितिलाई विप्वल समूहका गतिविधिमाथि विशेष निगरानी गर्न निर्देशन दिएको हो ।