छोरीको बलात्कार गर्ने बाबु पक्राउ

रुकुम पश्चिम,चैत ५ ।छोरीलाई बलात्कार गरेको आरोपमा रुकुम (पश्चिम) प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सानीभेरी गाउँपालिकाबाट छोरीलाई बलात्कार गरेको अभियोगमा ३४ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । १७ वर्षीया छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

 

पक्राउ परेका बाबुले आफ्नै छोरीलाई लगातार दुई वर्षदेखि बलात्कार गर्दै आएको भन्दै पीडितकी आमाले प्रहरी चौकी पुर्तिमकाडामा निवेदन दिएकी थिइन् ।

 

उनले गएको शुक्रबार पछिल्लो पटक छोरीमाथि बलात्कार गरेको उजुरीमा उल्लेख भएको डीएसपी खड्काले बताउनुभयो ।

 

शुक्रबार दिउँसो श्रीमती माइत गएको र छोरी विद्यालयबाट घर नगई साथीकै घर बसेको अवस्थामा ती बाबुले छोरीलाई जबर्जस्ती घर लैजाने क्रममा बाटोमा रहेको अर्कै व्यक्तिको गोठमा जबर्जस्ती गरेको पीडित किशोरीले प्रहरी समक्ष दिएको उजुरीमा उल्लेख गरिएको छ ।

त्यस उजुरीको आधारमा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाउँनजिकैको जंगलमा लुकेर बसेको अवस्थामा गएको सोमबार बेलुकी ४ बजे पक्राउ गरिएको डीएसपी खड्काले जानकारी दिनुभयो ।

 

पक्राउ परेका बाबुलाई जिल्ला अदालत रुकुमबाट म्याद थप गरि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

उज्यालोबाट,