आज फागु पूर्णिमा अर्थात् होलीःउपत्यका लगायत पहाडी क्षेत्रमा रङ र अबिर दलेर मनाइदै

काठमाडौं, चैत्र ६ ।आज  रङ्गको पर्व होलीलाई  एकआपसमा रङ र अबिर दलेर पानी छ्यापछ्याप गरी हर्षोल्लाससाथ बुधबार उपत्यका तथा पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ । हरेक वर्ष फागुन शुक्ल पुर्णिमाका दिन मनाइने पर्वलाई फागु पनि भन्ने गरिन्छ ।

 

यो वर्ष पहाडी जिल्ला तथा उपत्यकामा बुधबार होली मनाइए पनि तराइमा भने विहिवार मनाइँदै छ । गत बुधबार बिहानी शुभसाइतमा बसन्तपुरमा रंगीचंगी कपडाका टुक्रा झुण्डाइएको तीनतले चीर ठड्याएपछि होली पर्व सुरुवात भएको हो । होलीकै भोलिपल्टबाट वसन्त ऋतुको आगमन हुने विश्वास छ ।

 

विशेषगरी, तराईमा विशेष उल्लाससाथ मनाइने होली पछिल्लो समय नाचगान गरेर, साथीभाइ आपसमा मिलेर मनाउने गरिएको छ । असत्यमाथि सत्यको विजय भएको उत्सवका रुपमा रङ दलेर यो पर्व मनाउने गरिन्छ ।

 

होलिकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्धारको कथा, भगवान कृष्ण र नग्न अवस्थामा गापिनीले नुहाउँदको प्रसँग तथा कामदेव र रतीको प्रेमकथा लगायतका प्रसंग होलीसँग जोडिएको धार्मिक ग्रन्थमा उल्लेख छन् ।