तपाइले थाहा नपाएको होलिको महत्व यस्तो छ ?

सुरेन्द्र के. सी

आज तराइको होलि हो । भगवानले होलिकालाइ मारेको , हृन्यकस्यपलाइ मारेको , प्रहलादलाई बचाएको कथा त सबैलाइ थाह छ । आजका युवालाइ त त्यो पनि थाह छैन होला । उनिहरुले होलि भनेको रङ्ग दल्ने दिन , केटि जिस्क्याउने दिन , पार्टि गर्ने दिन , बाइक कुदाउने दिन आदि मात्र होलि हो भनेर बुझेका छन ।

 

आउनुहोस होलिलाइ अर्कै ढङ्गले बुझौ । आजसम्म हामिलाइ कसैले नभनेको ,नपढाएको , नया तरिकाले आज होलिलाइ पढौ है त । , होलिले जीवन उल्लासमय छ भन्ने सन्देस दिन्छ । होलिको सिधा अर्थ हाम्रो दिमागको प्रयोग र सम्भावना सङ्ग जोडियको छ । तर मानिसले आफ्नो दिमागलाइ कसरी प्रयोग गर्ने भनेर नै जानेका छैनन । भुल्नुपर्ने चिज सम्झेर बसेका छन भने सम्झिनुपर्ने चिज भुलेर बसेका छन । दिमागमा कल्पना नगर्नुपर्ने चिज हरेक समय कल्पेर बस्छन भने कल्पना गर्नु पर्ने परमसुख को बारेमा, कृष्णको बारेमा , गिताको बारेमा , बुद्धको बारेमा ,आफ्नो विवेकको बारेमा अर्थात म को हु भन्ने बारेमा कल्पना पनि गर्दैनन।

आज होलि हो । यसको अर्थ जिवन उल्लासमय रुपमा बाच्नुपर्छ भनियको हो । म को हु , जीवन के हो र मैले अब कसरी बाच्नुपर्छ भनेर बुझ्ने दिन होलि हो । जीवन रमणीय छ भनेर थाह नपाएकाहरुले आज जीवन बुझ्ने दिन हो ।

जीवन सङघर्स हो , दुख हो भनेर बुझेकाहरुले जीवन सरल छ भनेर जान्ने दिन होलि हो ।
अनि जिवनमा नाम , इज्जत, पैसा , सफलता र खुसी मात्र खोज्दै दुखिहुनेहरुले जीवन जाबो खुसी मात्र त हुँदै होइन तर जीवन परमसुख हो ,,जीवन परमआनन्द हो भनेर बुझ्ने दिन होलि हो ।

 

होलिको दिन आफ्ना पुराना कपडा , सामान जम्मा गरेर गाउभरिका सबैजनाले एकै ठाउमा जलाएर फाल्ने गरिन्छ । म थारु गाउको नजिक बस्छु ।यहाँ उक्त पुराना सामानको थुप्रो जलाउने प्रकृयालाइ चिट पोल्ने भनिन्छ । पुराना सामान जलाउने मात्र नभई के स‌न्केत वा शिक्षा दिन खोजिएको हो भने आफ्ना दिमागमा भएका सम्पुर्ण पुराना स्मरणहरु जलाएर नस्ट गर्नु भनिएको हो ।

हामिले आफ्नो दिमागलाइ बढि महत्त्व नदिइकन दिमागका सम्पुर्ण खर्चपर्चहरुलाइ नस्ट गर्नुपर्छ र आज बाट भगवानको भक्त बन्नु पर्छ भनिएको हो । भगवानको भक्त अर्थात आफ्नो भक्त । आफ्नो भक्त अर्थात उल्लासमय जीवन , तर्क रहित जीवन , दिमागमा अनावस्यक बिचार रहित जीवन , दिमागी सङ्घर्स रहित जीवन , आनन्दित जीवन , पुराना रिसराघ रहित जीवन भनियको हो । अरु सङ्गको रिस राघ बरु यथावत रहे केही फरक पर्दैन तर आज बाट तपाइको दिमागमा तपाईं स्वयम् प्रतिको जुन सोच छ, त्यो हट्न जरुरी छ र तपाइको जीवन (बिशेष गरि मानसिक जीवन ) खुसिका रङ्गहरुले सजिन जरुरी छ ।

 

 

होलि खेल्नुको वास्तविक अर्थ यहि नै हो । होलि खेल्नुको अन्य बैज्ञानिक कारण पनि छन र धार्मिक सन्देसहरु पनि छन अनि होलिका रङ्गहरुको पनि आफ्नै बैज्ञानिक कारण छन ।तिनको चर्चा पछि गरौला । तर सबै भन्दा महत्त्वपूर्ण र भगवान कृष्णले खेल्न सिकायको होलि भनेको यहि दिमागी स्मरण रुपि रङ्गहरुबाट छुटकारा पाउदै सन्साररहित बुद्धत्वरुपि र उल्लासमय मानसिक बिबेकरुपि रङ्गमा जीवन रङ्गाउनुनै वास्तविक होलि हो ।

 

भनिन्छ एकपटक कृष्ण र गोपिनिहरु होलिको दिन नदि किनारमा यसरी नाचिरहेका थियकी उनिहरुले आफुलाइ नै बिर्सिसकेका थिय । प्रत्यकले आफू एक्लै छु त्यहा अरु कोहि छैन जसरी नाच्न थाले। यसैलाइ बुद्धतब भनिन्छ । अचम्म नमान्नु होला , आफैलाइ भुलेर आफैलाइ प्राप्त गर्ने यहि विवेकनै बुद्धत्व हो । किनकी बुद्धिले दिमागका पुराना यादहरु भुल्न दिदैन । तर बेबेकले आफैलाइ भुलाइ बुद्धत्व उप्लब्ध गराउछ । यसरी भगवान कृष्ण र गोपिनिहरु उल्लासमय खुसिमा बिलिन भएको र आफ्ना पुराना यादहरुलाइ भुलेर रमाउदै , नाच्दै होलि मनाएको देखेर भगवान शिव पनि आफ्ना पुराना सबै तिता मिठा स्मरण हरु भुलेर रमाउने मनसायले गोपिनिको भेष धारण गरेर कृष्ण सङ्ग नाच्न पुगेका थिय भन्ने कथा छ ।

 

तपाइको होलि पनि दिमागलाइ भुलेर उल्लासमय रङ्गरुपी बिबेक धारण गर्ने बनोस ।

 आजको होलि आफैलाइ नस्ट गरेर आफैलाइ प्राप्त गर्ने दिन बबनोस ।

अर्थात आफ्नो भुत र भविस्यको कल्पना भुलेर आफ्नै बर्तमान प्राप्त गरि तत्काल रमाउन सक्ने दिन यो होलिको दिनबाट सुरुवात होस ।

आशा छ आजबाट तपाइलाई तपाइको बिगतले सताउने छैन , किनकी दिमागमा बसेको त्यो भुतकालको यादरुपि तनाव र भविस्यको कल्पनालाई बिबेकको आगोमा जलाएर भस्म पार्न सम्भव छ । र आज बाट तपाइको जिवनमा परमसुखरुपि रङ्गहरुले स्थान पाउन पनि सम्भव छ । र यो प्रक्रिया नै परमसत्य हो । यो भन्दा अर्को सत्य यो दुनियामा छैन। ॐ नै सत्य हो । तपाइनै सत्य हो । कृष्ण नै सत्य हो । जय श्री कृष्ण । होलि नै सत्य हो ।happy holi ?