पाँच जिल्लाका सिडिओ फेरिए

काठमाडौं, चैत १५ । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० सरुवा गरेको छ । उपसचिवको दरबन्दी भएका चार र सहसचिवको दरबन्दी भएको एक जिल्लामा सिडिओको हेरफेर भएको हो ।

 

गृह मन्त्रालयका अनुसार लमजुङमा मन्त्रालयबाट डा डिजन भट्टराईलाई पठाइएको छ । लमजुङका सिडिओ झंक ढकालको गृह मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै खोटाङमा अध्यागमन विभागमा कार्यरत विष्णुहरी उपाध्याय, ओखलढुंगामा गणेश आचार्य र हुम्लामा ढोलकराज ढकाललाई सरुवा गरिएको छ ।

 

त्यस्तै सहसचिव यज्ञराज बोहरालाई कैलालीको सिडिओमा सरुवा भएको छ । उनी कर्णाली प्रदेशमा कार्यरत थिए । यो समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।