विप्लव जस्तै : पूर्वराजा ज्ञानेन्द्रका गतिविधिलाई प्रतिबन्ध लगाउने तयारीमा सरकार

फिदिम, चैत १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा प्रदेश–१ का सह–इञ्चार्ज सावित्रिकुमार काफ्लेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले प्रतिबन्ध लगाउन सक्ने बताएका छन् ।

 

पाँचथर सदरमुकाम फिदिममा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै काफ्लेले भने, ‘ज्ञानेन्द्र शाहलाई सर्वसाधारण नागरिक सरह गतिविधि गर्ने अधिकार छ । तर, गुमेको शक्ति फर्काउन ज्ञानेन्द्रले प्रयत्न गरे सरकारले प्रतिबन्ध लगाउन सक्छ ।’

 

देश दौडाहाका क्रममा पूर्वराजा ज्ञानेन्द्र सोमबार पाँचथर सदरमुकाम फिदिम आउने कार्यतालिका छ ।

‘राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने उद्देश्यले पूर्वराजा चलखेल गरिरहेका छन्,काफ्लेले भने, ‘संविधान विपरित गतिविधि गरेको खण्डमा कानुन बमोजिम कारबाही हुन्छ ।’

 

पूर्वराजाको गतिविधिले सरकार सशंकित भएको काफ्लेको भनाइ छ । पूर्वराजाको गतिविधिलाई प्रतिबन्ध लगाउने सामथ्र्य सरकारसँग भएको उनको भनाइ छ । ‘वाम सरकारले मुलुकको हित विपरित गतिविधि गर्नेलाई रोक लागाउनुपर्छ’उनले भने ।