मंगलबारसम्म मेघ गर्जन सहित वर्षा हुने

काठमाडौँ, चैत १८ । देशको पूर्वी तथा मध्यभागमा मङ्गलबारसम्म मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने बताउनुभयो । देशको पहाडी भेगको केही स्थानमा र तराई भेगको एक दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो ।

 

त्यसैगरी, हिमाली भूभागको केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

मङ्गलबार देशको पहाडी भूभागमा आंशिक बदली हुनुका साथै देशको पहाडी भेगको थोरै स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

 

भारतको मध्यप्रदेशमा विकसित भएको न्यून चापीय क्षेत्र ९लो प्रेसर एरिया० को प्रभावका कारण वायुमण्डलको तल्लो सतहमा जलवाष्पयुक्त हावा सजिलै प्रवेश गर्ने भएकाले नेपालमा अहिलेको मौसमी अवस्थामा परिवर्तन आएको उहाँले बताउनुभयो । गोरखापत्र दैनिकबाट