आठ वर्षमा साढे ५७ लाख एमआरपी वितरण

काठमाडौं, चैत १८ । आठ वर्षमा ५७ लाखभन्दा बढी मेसिन रिडेबल पासपोर्ट ९एमआरपी० वितरण गरिएको छ । एमआरपी लिनेमा अधिकांश पुरुष रहेका छन् ।

 

सन् २०१० डिसेम्बरदेखि एमआरपी वितरण सुरु भएको थियो । त्यसयतअ २०१९ जनवरीसम्म ५७ लाख ४० हजार नौ सय ७१ राहदानी वितरण भएको राहदानी विभागले जनाएको छ । विभागका अनुसार एमआरपी लिनेमध्ये ८० प्रतिशत पुरुष र ११ लाख ६ हजार नौ सय ८० महिलाले एमआरपी लिएका छन् । यस्तै, अन्य परिचय खुलाएर एमआरपी लिनेको संख्या २६ मात्रै छ ।

 

राहादानी विभागका सूचना अधिकृत तीर्थराज अर्यालले जनवरीसम्म वितरण भएको एमआरपीमा पुरुषको संख्या धेरै रहेको बताए । ‘वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या बढी भएकाले यसो भएको हुन सक्छ । तर, आधिकारिक कारण खोजी भएको छैन,’ अर्यालले भने । यो समाचार  नयाँ पत्रिकाबाट ।