म्यानमारमा सडक दुर्घटनामा २० जनाको मृत्यु

याङ्गुन,चैत १९।म्यानमारको मन्दालाए राजमार्गमा गत महिना भएका सडक दुर्घटनाहरुमा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै एकसय १३ जना घाइते भएका प्रहरी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

म्यानमारको सबभन्दा व्यस्त राजमार्गमा मार्च महिनामा मात्र ५१ वटा सडक दुर्घटना भएको बताइएको छ । राजमार्गमा हुने सडक दुर्घटनाहरु प्रायः मानवीय गल्तीका कारण हुने गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

 

क्षमताभन्दा बढी यात्रु चढाउने, चालकले जथाभावी र उँघेर सवारी साधन हाँक्नेजस्ता कारणहरुले गर्दा दुर्घटना हुने बताइएको छ ।

 

याङ्गुनको मन्दालाए राजमार्गमा सन् २०१८ भरमा चारसय ७३ वटा दुर्घटना भएको र एकसय ३ जनाको मृत्यु हुनुका साथै आठसय ७७ जना घाइते भएको जनाइएको छ ।देशको व्यापारिक शहर याङ्गुन र दोस्रो ठूलो शहर मन्दालाए हो ।एजेन्सी,