म पार्ट्री भित्रको बेरोजगार नेता हु: बामदेव गौतम

चितवन, चैत २२। नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले एक बर्षदेखि पार्टीले आफूलाई कुनै भूमिका नदिएको बताएका छन्। बिहिबार चितवनमा आयोजित एक कार्यक्रलाई सम्बोधन गर्दै नेता गौतमले सो कुरा बताएका हुन्।‘एक बर्षदेखि म पार्टीको कुनै भूमिकामा छैन, नेता गौतमले भने’, म पार्टी भित्र बेरोजगार भएको छु । उनले आफु पार्टीको तर्फबाट जहाँ जान खोज्यो त्यहाँ आलोचना हुने गरेको बताए।

 

  पार्टीभित्र चलाखीपन हराउँदै गएको नेता गौतमले बताए। ‘पार्टीमा सदस्यता दिने र नेता बनाउने स्मार्ट बन्दै गएको छ,उनले भने’, सिद्धान्त, त्याग र समपर्णमा लाग्ने नेताहरु कमजोर भएका छन्।’ पार्टीमा भूमिकाबिहिन हुँदाको पीडा आफूलाई मात्र थाहा भएको उनले बताए।