पूर्व माओवादीका केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश

बैतडी,वैशाख २।तत्कालीन नेकपा माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले नेपाली कांग्रेस प्रवेश गरेका छन् । बैतडीको पुर्चौडी नगरपालिका वडा नं ५ कुवाकोटका मनोज बिकले नेकपा पार्टी परित्याग गरी सोमवार कांग्रेस प्रवेश गरेका हुन् ।

 

दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य समेत रहेका बि क ले कञ्चनपुरमा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाको हातवाट टिका ग्रहण गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

 

नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बि क ले सभापती देउवाको हातवाट टिका ग्रहण गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै बिकले नेकपाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै कांग्रेस प्रवेश गरेको बताएका छन् । सत्तामा पुगिसकेपछी कम्युनिष्टले जनताको इच्छा आकांक्षाभन्दापनि व्यक्तिगत स्वार्थमा लागेको समेत बिकको आरोप रहेको छ ।