मोटरसाइकलले ७५ बर्षीया बृद्धालाई ठक्कर दियो

बैतडी,वैशाख २।मोटरसाइकलको ठक्करले बैतडीमा आज एक बृद्धा घाइते भएका छन् । घाइतेहुनेमा दशरथचन्द नगरपालिका ९ डाडाखर्कका ७५ बर्षीया द्रोपती जोशी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

 

देहिमाडौंवाट गुरुखोलातर्फ आइरहेको म १ प २१९८ नं को मोटरसाईकलले बृद्धालाई बिहान साढे १० बजेतिर देहिमाण्डौं बिच बजारमा ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करले घाइते भएका बृद्धा जोशीको टाउको र हातमा चोट रहेको छ ।

 

घाइते जोशीको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । ठक्कर दिने मोठरसाइकल र मोटरसाइकल चालक दशरथचन्द नगरपालिका २ लेकका २४ बर्षीय करन राम लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडक पार गर्दा जोशीलाई मोटरसाईकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।