सात केजी सुनसहित एक जना पक्राउ

काठमाडाै,बैशाख १०।  काठमाडौं प्रहरीले ७ केजी सुनसहित रसुवाको टिमुरेबाट एक जनालाई पक्राउ गरेको छ।विशेष सुराकीको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नौकुण्ड गाउँपालिका १ का ३० वर्षीय शेर ग्याल्बो घलेलाई ७ केजी सुन सहित पक्राउ गरेको हो ।

 

बा ६ ख ९०६८ नम्बरको स्याउ बोक्ने कन्टेनरको चालक बस्ने सीटमुनि फल्स बटम बनाएर लुकाइएको रसुवाका डिएसपी सन्तोष तामाङले बताए । बरामद सुन १ किलोको विस्कुट आकारका ७ थान थिए ।