अतिक्रमित जग्गा नियन्त्रणका लागी सरकारले आयोग गठन गर्ने : मन्त्री अर्याल


काठमाडाै,बैशाख १५।  सरकारले अतिक्रमित जग्गा नियन्त्रणका लागी छनबिन आयोग गठन गर्ने भएको छ।भुमी ब्यबस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले   रिपोर्टस क्लब नेपालको विशेष साक्षात्कारमा उक्त कुरा उल्लेख गरेकी हुन।

 

भौतिक संरचनासंग जोडिएका काममा महानगरको कर्तव्य हुने भएकाले खुल्ला मञ्चको अतिक्रमणका विषयमा उनले केहि भन्न चाहिनन तर जग्गा नापिसंग,भुमी ब्यबस्थासंग जोडिएका समस्या मन्त्रालयले समाधान गर्ने हो उनले भनिन।सरकारको नाममा रहेको जग्गा सरकारकै हुनुपर्छ त्यसका अहिले बाहिर आएको जग्गा प्रकरण जुन छ त्यसको छानबिन गरि सरकारले दोषी पत्त लगाइरहेको र उक्त दोषी जोकोहि भएपनी कडाभन्दा कडा कारबाही गर्ने उनको चेतावनी छ।

 

 

अहिलेसम्म छानबिन गर्न किन ढिला भयो भन्ने प्रश्नमा उनले भनिन भोली थप समस्या नआउनेगरी यस समस्यालाइ समाधान गर्दै छौ त्यसैले ढिला भैरहेको छ।त्यस्तै बालुवाटारको ललिता निवास प्रकरणमा बिष्णु पौडेलका छोरा नविन पौडेल मोहि भएको र त्यो अधिकार सरकारले दिएकोले यो बैधानिक भएको उनको दाबी छ।

 

 

जग्गा अतिक्रमणका बिषयमा अदालतले यसको फैसला गर्नुपर्ने र अख्तियारले यसको छानबिन गर्नुपर्ने उनको भनाइ छ।अहिले यत्रतत्र जग्गा अतिक्रमण भएकाले अब अतिक्रमण भएका सबै जग्गा सरकारले कब्जा गर्ने र भुमी ब्यबस्थापनका लागी गम्भिर भएर लाग्ने उनको तर्क छ।यो कार्यक्रम हुदै गर्दा यता खुल्ला मञ्चमा अतिक्रमित टहरामा डोजर लगाएर टहरा भत्काउन थालिइसकिएको थियो।