नेपाल महिला जागृति ज्येष्ठ नागरिक (वृद्धाआश्रम) सेवा सदनमा नगरपालिकाको रवैया

 काठमाडौ ,बैशाख २८।नेपाल महिला जागृति ज्येष्ठ नागरिक (वृद्धाआश्रम)  सेवा सदनले आफ्नो भवनमा सरकारी रवैया रहेको गुनासो गरेको छ।

 

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनिहरुले यस्तो बताएका हुन।सदनका अध्यक्ष दुर्गा पौडेलले आफुहरुले ब्यक्तिगत खर्चमा निर्माण गरेको आश्रममा नगरपालिकाले आफुहरुलाइ निकै नै सास्ती दिने गरेको बताइन।

 

अहिलेसम्म पनि भवनको सम्पुर्ण काम पूरा नगरिदिदा संस्थाले गर्ने सम्पुर्ण कार्यक्रमहरु प्रभावित भएकोमा उनले दुख व्यक्त गरिन।सदनमा अहिले न बिजुली छ,न अरु कुनै सामग्रीहरु छन।

 

तैपनी आफुहरुले काम गर्ने इच्छा हुदाहुदै पनि काम गर्न नपाएको सदस्यहरुको गुनासो छ।प्राकृतिक थेरापीको उपचार गर्ने मुख्य उद्देश्यले स्थापित भएको उक्त भवनमा तत्काल आफुहरुले काम गर्न पाउनुपर्ने उनिहरुको माग छ।