आजकाे मौसम कस्ताे हेर्नुस्

काठमाडौं, जेठ १५ । बुधबार देशका पूर्वी र मध्य भु–भाग लगायत पश्चिमस् पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पूर्वी र मध्य भु–भागका केही र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

 

त्यस्तै रातिको सुमयमा देशका पूर्वी भु–भाग लगायत अन्य पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।