थरुहट/थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिको सरकारलाइ चेतावनी:अब हामी सशक्त आन्दोलन गर्छौ

 

 नरेन्द्र महतारा

काठमाडाै,जेठ १९।आफुहरुका जायज मागहरु पूरा नगरेको भन्दै थरुहट/थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले सरकारलाइ कडा चेतावनी दिएको छ।आज पत्रकार सम्मेलन गर्दै उनिहरुले यस्तो कुरा उल्लेख गरेका हुन।

 

कार्यक्रममा बोल्दै समितिका संयोजक मिनराज चौधरीले पछिल्लो समय सरकारले आफ्ना जायज मागहरु पूरा नगरेकोले आफुहरु आन्दोलनमा उत्रिनुपर्ने बाध्यता भएको बताए।लोक सेवा आयोगले खोलेको बिज्ञापनमा आफुहरुको आरक्षण कोटालाइ हटाइएकोमा यो तत्काल सच्याउन उनिहरुको माग छ।

विज्ञप्ति हेर्नुहाेस्