आज सार्वजनिक विदा

 

काठमाण्डौँ,जेठ २६ । सरकारले आज आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिने भएको छ । त्यस दिन भोटो देखाउने जात्र परेकोले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको हो । त्यस दिन राष्ट्रप्रमुखको उपस्थितीमा भोटो देखाइने छ ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल पुर्याईएको छ।रथ जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्र मनाउने गरिन्छ । कीर्तिपुर, सतुङ्गल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोट र पाँगा सात गाउँका मानिस आएर ठटिटोलदेखि इटिटोलको बाटो हुँदै मान भवन, कुमारीपाटी गरी जावलाखेल पु¥याएका हुन्।

प्रत्येक गाउँबाट १५ देखि २० जनाको टोली धिमेबाजा बजाउँदै आएर करीब १५० देखि २०० जनाको टोलीले रथ तानेको छ । हरेक वर्ष ठटिटोलबाट जावलाखेलसम्म रथ लान यी सात गाउँका मानिस अनिवार्य उपस्थित हुने चलन छ। “रथ तान्ने अघिल्लो दिन ८४ वर्षीय ञँवाल चाकला डङ्गोलले नरिवाल खसाली यस स्थानसँग बिदा मागे” डङ्गोलले भने, “चार बजेपछि रथ तान्ने नियम रहँदा ५ः१० मा रथ तानी साढे ६ बजेमा रथ जावलाखेल पुयायौँ ।बिहान ञँवालहरुले धुपीको फूलले मच्छिन्द्रनाथको रथलाई हरियो स्वरुपमा सजावट गरेका बताइएको छ।